१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

भारतले चीनसँगका सबै उडान रोक्ने



काठमाडौं ।
भारत सरकारले चीनबाट कुनै पनि यात्रु नल्याउन आफ्ना सबै विमान सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ। यो व्यवस्थासँगै अब भारतले कुनै चिनियाँ सहरहरुमा उडान गर्ने छैन।
कोरोना भाइरस संक्रमणबाट बच्न भारतले चीनबाट कुनै पनि यात्रु नल्याउन आफ्ना विमान कम्पनीहरुलाई निर्देशन दिएको हो।
भारत सरकारको अध्यागमन कार्यालयले चीनबाट कुनै चिनियाँ वा अरु कुनै देशको नागरिकलाई नल्याउन आफ्ना विमान सेवा कम्पनीहरुलाई आग्रह गरेको हो।
भारतले यो व्यवस्था तत्काल लागू हुने गरी पालना गर्न र अर्को व्यवस्था नहुञ्जेलसम्म कायमै राख्न पनि निर्देशन दिएको छ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ६३६ को ज्यान गइसकेको छ।

प्रकाशित मिति : २५ माघ २०७६ शनिबार ००:००  ६ : ५४ बजे