१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

घाम ताप्ने क्रममा लड्दा शिक्षकको मृत्यु



मुगु ।
नुहाइधुवाइ गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको छ। खत्याड गाउँपालिका–३ बुगागाउँस्थित कालिका माविमा कार्यरत शिक्षक २७ वर्षीय जयबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। शाही बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरका हुन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी हवल्दार पृथ्वी रावतका अनुसार शाही शनिबार गाउँ नजिक रहेको धारामा नुहाइधुवाइ गरी पाखामा घाम तापिरहेका बेला एक्कासी बसेकै स्थानबाट लडेका थिए। २०० मिटर तल खसेका शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागि शनिबारै तीन घण्टा टाढा रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो। उपचार कै क्रममा शाहीको शनिबार राति ११ बजे मृत्यु भएको प्रहरीले बताइएको छ। उनको परिवारका सदस्य नेपालगञ्जबाट आउने भएकाले शाहीको दाहसंस्कार भएको छैन।

प्रकाशित मिति : २६ माघ २०७६ आइतबार ००:००  १ : २७ बजे