३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

कांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन



काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचार भए पनि निको भएको थिएन। उनको शुक्रबार विहान रूपन्देहीस्थित निवासमा निधन भएको हो। नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपाध्यायको निधन भएको जानकारी दिए। उपाध्याय रूपन्देहीका हुन्। उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरेका थिए। कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले उपाध्यायको निधनले मर्माहत बनाएको बताए। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उपाध्यायको निधनको खबरले अत्यन्त दुःख लागेको बताएका छन्।
उपाध्यायको श्रीमती, तीन जना छोरा र दुई जना छोरी छन्। उपाध्यायको शुक्रबार नै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  ११ : ५९ बजे