५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

युनाईटेड फाइनान्सद्धारा सामुदायिक विद्यालयमा खाद्यान्न वितरण



मायादेवी अनलाइन, वाणगंगा ।
युनाईटेड फाइनान्स लिमिटेडको २५ औं बार्षिकोत्सवको अवसरमा बुटवलमा खाद्यान्न वितरण गरिएको छ । फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तरगत बुटवल उप महानगरपालिका वडा नं. १ स्थित बुटवल माध्यमिक विद्यालयलाई आइतबार खाद्यान्न वितरण गरेको हो । बुटवल मा.वि.मा कक्षा १० मा पढ्ने विद्यार्थीका लागि करिब दुई महिना खान पुग्ने गरी खाद्यान्न चामल, दाल, तेल लगाएतका सामाग्री वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी वुटवल उप महानगरपालिका वडा नं. १ का वडाध्यक्ष महेन्द्र प्रसाद लिगलले सामुदायिक विद्यालयमा खाद्यान्न सहयोग गरेको प्रति फाइनान्स कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो । युनाईटेड फाइनान्सले २५ औं वार्षिकोत्सवका अवसरमा विविध सामाजिक उत्तरदायित्वका रचनात्मक आर्थिक सहयोगका कार्य गरेको जनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अकरगुल्ला खान, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी लगाएतको सहभागीता रहेको थियो ।
युनाइटेड फाइनान्स लिमिटेड नेपालकै उच्च व्यवसायिक घराना चौधरी ग्रुप तथा एमए डब्लु इन्टरप्राइजेज द्धारा प्रवद्र्धित सवैभन्दा बढि चुक्ता पुँजी रहेको फाइनान्स कम्पनी हो । भारतीय चर्चित व्यवसायिक ग्रुप मुथुत फाइनान्स, युनाइटेड फाइनान्स लि.को रणनीतिक साझेदार रहेको शाखा प्रमुख दिनेशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६ मंगलबार ००:००  ६ : २३ बजे