१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सीपी मैनाली चढेको कार बर्दिवासमा दुर्घटना,अवस्था गम्भीर



काठमाडौं ।
पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ ।

मैनाली र उहाँका परिवारका सदस्य रहेको कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका मैनालीको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लैजान लागिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

झापाबाट काठमाण्डौ आउँदै गरेको मैनाली चढेको बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।

कारमा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पी एन् मैनाली र कार चालक रामप्रसाद पौड्याल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा सीपी मैनालीको खुट्टा, निधार र अनुहारमा गम्भीर चोट लागेको छ । बुहारी पूजाको दुवै खुट्टा भाँचिएको छ । अरु सामान्य घाइते भएका छन् ।

मैनाली बाहेक अन्य घाइतेहरूको बर्दिवास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ । मैनालीलाइ उपचारका लागि काठमाडौ लैजाने तयारी भैरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ३ : २७ बजे