मणि प्रसाद गैह्रे, तौलिहवा ।
यशोधरा गाउँपालिका कपिलवस्तुको लेखा शाखामा फागुन ६ गते देखि ताला लगाउदा काम कारवाहीहरु ठप्प भएका छन् । लेखा अधिकृत निराजनराज लम्सालको काम प्रति चित्त नबुझेको भन्दै वडा अध्यक्षहरुले लेखा शाखामा ताला लगाएका हुन् ।
ताला लगाए पछि गाउँपालिकाका कामहरु प्रभावित हुँदै आएको विषयमा गाउँपालिकामा सो विषयमा कार्यालयमा पत्रकार सम्मेलन गरि ताला खोल्ने प्रयास बारे आफुले प्रयास गरेको गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेले बताए । कर्मचारी र वडा अध्यक्षका काम तथा अन्य काममा लेखा अधिकृतले समस्या थपेकाले ताला लगाइएको प्रति विभिन्न समाचार तथा टिकाटिप्पणी भएको सन्र्दभमा वास्तविकता बताउन पत्रकार सम्मेलन गरेको अध्यक्ष पाण्डेयले बताए ।
ताला लगाएको बारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्यव समिति र राजनैतिक दलसंग छलफल र सहकार्य भएको हुँदा छिट्टै निष्कर्षमा पुगिने पाण्डेयले बताए ।
समाचारमा यती रकम भष्ट्रचार गर्यो यो काम असफल भयो भनेर आएको प्रति खण्डन गर्दै त्यस्ता काम भएको भए प्रमाणित गरी समाचार लेख्न समेत पत्रकारलाई आग्रह गरे । उता वडा नं ६ का अध्यक्ष श्यामनारायण उपाध्यायाले लेखा अधिकृत अर्को नै पठाएर काम गर्न सहजता गरिदिन आग्रह गरे । लेखा अधिकृतसंग जनताका काम सहज तरिकारले नभएको कारण लेखा अधिकृतले मार्ग प्रशस्त्र गरिदिन उनले आग्रह गरे ।
यस बारेमा गाउँपालिकाका लेखा अधिकृत निराजनराज लम्सालले आफु विधि र कानुन अनुसार काम गरेको हुँदा आफुमाथि लगाइएको आरोप झुटो भएको प्रतिक्रिया दिए ।
१९ फाल्गुन २०७६ सोमबार ००:००
2
Shares
प्रतिक्रिया