१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कोरोना महामारीः विजयनगरमा विदेशबाट आएका ४ सय ३५ व्यक्तिको घरमा रातो चिन्ह



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा गाउँपालिका बाहिर र विदेशबाट आएका ४ सय ३५ जना व्यक्तिहरुको घरमा रातो चिन्ह लगाइएको छ । गाउँपालिकाको वडा नं. १ मा ९२, २ मा ७५, ३ मा ५३, ४ मा ६२, ५ मा ७९, ६ मा ३७, र ७ मा ३७ घरमा चिन्ह लगाइएको हो ।
प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वयम्सेविका स्वास्थ्यकर्मी मार्फत रातो चिन्ह लगाईएको हो । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिए पछि हालसम्म आएका व्यक्तिहरुको घरमा उनीको पहिचानका लागि रातो चिन्ह लगाईएको हो ।
भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो चिन्ह लगाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो ।
रातो चिन्ह लगाइएको घरको पहिचान हुनुको साथै संक्रमणबाट सचेत पनि हुने र तथ्याङ्क सङ्कलनमा सहज हुने भट्टराईले बताउनु भयो ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  १० : ३० बजे