२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गायक सन्तोषको पहिलो साङ्गेतिक कोशेली ‘पापी परदेश’ बजारमा



विमल गैरे, चारनम्वर ।
नव गायक सन्तोष एस.के.को पहिलो साङ्गेतिक कोशेली ‘पापी परदेश’ बजारमा आएको छ । समसामयिक विषयवस्तुलाई समेटी ‘पापी परदेश’ नामक साङ्गेतिक कोशेली बजारमा आएको हो । पछिल्लो समय बैदेशिक रोजगारमा जाने युवाको होड बाजि नै चलेको छ । तर, परदेशमा कति दुख छ भन्ने कसैलाई पनि थाहा छैन । जो परदेशमा छ । जसले दुख भोगेको छ । उसैलाई मात्र थाहा छ । त्यहाँको त्यही पिडा गीतमा उल्लेख छ ।
विदेशमा चौंविसै घण्टा काममा खटिनु पर्ने बाध्यतालाई गीतमा प्रस्तुत गर्दै समाजमा चेतना दिने काम गरेका छन नव गायक एस.के. ले ।
हुम गैरेको लय शव्द श्रृजना र नव गायक एस के र देवी घर्तीको आवाज रहेको ‘पापी परदेश’ गीतमा सन्तोष आफैले अभिनय गरेका छन भने आयुष्मा कार्कीले साथ दिएकी छन् । यस गीतलाई विशाल मुभिजले बजार व्यवस्थापन गरेको छ ।
थप गीत सुन्नुहोस ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ८ : ५७ बजे