रेडियो   टिभी

तीनै जना कोरोना संक्रमितलाई विजयनगरले आफै व्यवस्थापन गर्‍यो


राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा २५ बेडसहितको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं. ७ मा रहेको आर्युवेदिक अस्पताल परसोहियामा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको हो । प्रदेश सरकारले निर्णय गरे अनुसार बुधवार व्यवस्थापन गरी आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको छ ।

बुधवार गाउँपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । उक्त आइसोलेशन सेन्टरमा सुरक्षाकर्मी, नगर प्रहरी परिचालन गरी उच्च सर्तकता अपनाइएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो ।

संक्रमित भएका व्यक्तिहरुलाई हेरचाह र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मी खटाई प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताउनु भयो ।

अहिलेसम्म गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये भीम अस्पताल भैरहवामा एक जनाको उपचार भइरहेको छ भने बुधवार ३ जनमा कोरोना पुष्टि भएका व्यक्तिहरुलाई गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस