६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

वडाध्यक्ष गैरेले सार्वजनिक गरे कोरोना नियन्त्रणमा गरिएको खर्च



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ले कोरोना सम्बन्धमा बनाइएको क्वारेन्टाइन लगायतमा भएका खर्च सार्बजनिक गरेको छ ।

वडाध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा तौलिहवास्थित वडा कार्यालयमा बसेको वडा बैठकले सो खर्च पारित गरी पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो ।

बिभिन्न १३ शीर्षकमा कुल ४ लाख १९ हजार ८ सय ४५ रुपैयाँ खर्च भएको बिवरण सार्वजनिक गरिएको हो ।

हात धुने र कपडा धुने साबुन, सेनिटाइजर, मास्क मेडीकेटेड, सिलिङ पंखा, बल्ब एलईडी, होल्डर, ४० बाई ३० को तार, केबल तार, ब्यानर र छपाई, राजन शुभ सप्लायर्स, राजन टेन्ट हाउस बेड बिस्तारामा गरी सो खर्च भएको बडाध्यक्ष गैरेले बताए ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ६ : १४ बजे