१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रकाश गौतमले गरे मृगौला पीडितलाई ५ हजार सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु वाणगंगा ४ झुगाँका मृगौला पीडित हरि न्यौपानेलाई सहयोग जुट्नेक्रम बढ्दो छ । मायादेवी अनलाइन र रेडियो मायादेवीले न्यौपानेको जीवन बचाउन आफुसक्दो आर्थिक सहयोग गर्न समाचार प्रकाशन, प्रशारण गरेदेखि सहयोगी हातहरु बढ्न थालेका हुन् ।

यसैबीच सोही गाउँका युवा प्रकाश गौतमले न्यौपानेको उपचारार्थ ५ हजार सहयोग गर्नुभएको छ । गुल्मीको धुर्कोट गाउँपालिकामा लेखा अधिकृतको रुपमा काम गरिरहनुभएका गौतमले न्यौपानेको खातामा ५ हजार सहयोग स्वरुप रकम जम्मा गरिदिएको मायादेवी अनलाइनलाई बताउनुभयो ।

मायादेवी अनलाइनमा प्रकाशित समाचार पढेर आफुले सहयोग गरेको उहाँले बताउनुभयो । सानै देखिको हरि साथी भएको र अहिले दुवै मृगौला फेल भएको भन्ने खबरले आफु स्तब्ध रहेको पनि उहाँले बताउनुभयो ।

आर्थिक स्थिती कमजोर भएका न्यौपानेलाई आफुसक्दो सहयोग गर्न पनि गौतमले सबैमा अनुरोध गर्नुभएको छ । आगामी दिनमा आफु सक्दो सहयोग गर्दै जाने पनि उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस

हरिको मिर्गौला उपचारमा मुहान क्लव झुँगाद्धारा ८८ हजार बढी सहयोग

भरोसा टुटेका हरि, जसले दाजु र बुबा गुमाएपछि दुवै मृगौला गुमाएः कृपया बचाऔँ !

मृगौला पीडित न्यौपानेलाई सुरेन्द्र श्रेष्ठले गरे ५ हजार सहयोग

बाणगंगा ४ झुँगाकी एकल महिला केसीद्धारा हरिको उपचारमा १० हजार सहयोग

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  ९ : ५३ बजे