१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिवराजले बनाएको ३० शय्याको आइसोलेसन सञ्चालनमा



चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा ३० शय्याको शिवराज आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ ।

शिवराज– ५ चन्द्रौटास्थित नलकुपको जग्गामा नवनिर्मित आइसोलेशन भवनको प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शुभारम्भ गर्दै प्रदेश सरकार र नगरपालिकाको सहयोगमा आइसोलेशन निर्माण गरिएको बताए ।

नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आइसोलेशन निर्माण गरिएको बताए ।

यसभन्दा पहिले खरेन्द्रपुरस्थित सुपा देउराली रिसोर्टमा आइसोलेशन निर्माण गरी कोरोना सङ्क्रमितलाई राखिँदै आएकामा अब नयाँ भवनमा राखिएको नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले जानकारी दिइन् ।

सुविधासहितको आइसोलेसन सेन्टर शुरू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । रासस

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  ६ : ०७ बजे