बन्दाबन्दीले कुखुरा व्यवसायीमा ४० करोडको क्षती


धनगढी ।
लामो समयको बन्दा बन्दीले कैलालीका कुखुरा व्यवसायीहरु मारमा परेका छन । दाना खरिद गर्न समेत समस्या भइरहेकोे देव सिटी प्रालीका सदस्य गोविदराज भट्टले बताउनुभयो । उत्पादन गरेको कुखुरा पनि बजार मूल्य नपाईरहेको उहाँले दुखेसो गर्नुभयो ।

बन्दाबन्दीले कुखुराको मूल्यमा कमी आएको मोनीका पोल्टी फर्मका सञ्चालक गणेश चन्द्रले बताउनुभयो । एउटै कम्पनिको दाना नपाउदा विभिन्न कम्पनिको दानाहरु खुवाउदा कुखुरामा विभिन्न रोगहरु लाग्ने गरेको उहाँले बताउनुभयो ।

उत्पादित कुखुराहरु पनि बिक्रि गर्न सारै समस्या भएको मामा भान्जा पोल्टी फर्मका सञ्चालक दिनेश पन्तले बताउनुभयो । हाल सम्म ६ सयको हाराहारीमा कुखुरा नस्ट भएको उहाँले बताउनुभयो ।

कैलालीमा २ हजार बोइलर फर्म र ८० वटा लियर फर्महरु सञ्चालनमा रहेको कुखुरा व्यवसाय संघ कैलालीले जनाएको छ । दैनिक १५ टन कुखुरा र २ लाख को हाराहारीमा अण्डा उत्पादन हुने गरेको कुखुरा व्यवसाय संघ कैलालीका अध्यक्ष भूवन पाण्डेले बताउनुभयो ।

कुखुरा उत्पादन भएपनि बजार मुल्य नपाएको उहाँले बताउनुभयो । राहतका लागि स्थानीय र प्रदेश सरकार सँग पहल गरिरहेका छौ, भन्नुभयो । यसअघि गरिएको लकडाउने कैलालीका कुखुरा व्यवसायीहरुले ४० करोड बराबरको क्षती बेहोर्नु परेको उहाँले बताउनुभयो । अझै लामो समय बन्दाबन्दी यथावत रहीरहे फेरि किसानले करोडौको क्षती बेहोर्नु पर्ने उहाँले दुखेसो गर्नुभयो ।

कुखुरा व्यवसायहरुका लागि विभिन्न कार्यक्रमहरुको प्याकेज ल्याएको सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । लकडाउनमा क्षती व्यहोरीएका कुखुरा व्यवसायहरु लाई राहतका लागि सघीय सरकार सग पहल गरिरहेको सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताउनुभयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस