सुनको मूल्य बढ्यो


काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार दुई सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस