राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै


काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो ।

सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । बिल आउँदो मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ ।

बिल आउँदो माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको छ । यो बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि यही कात्तिक १७ गते एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस