मायादेवी अनलाइन, चार नम्बर ।
लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको पिस पोष्टर कन्टेस्टमा ज्ञानपुञ्ज अंग्रेजी बोर्डिङ स्कुल प्रथम भएको छ । बाल मावि वैरियामा विहीबार भएको कार्यक्रममा ज्ञानपुञ्जकी सम्पदा घिमिरेले प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।
यस्तै बाल माविकी छात्रा सञ्चिता परियार दोश्रो, बाणगंगा माविकी दिक्षा मरासिनीले तृतीय तथा हथौसा लिटिल स्टार ओदारीकी छात्र विशाल शर्माले सान्तवना स्थान हासिल गर्न सफल भए । विजेता सबैलाई कार्यक्रमका प्रमुख अतिथि बाल माविका प्रधानाध्यापक अर्जुन शाहीले पुरस्कारस्वरुप नगद र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
प्रमुख अतिथि शाहीले विजयी हुन सफल विद्यार्थीलाई बधाई र शुभकामना दिँदै विद्यार्थीहरुले कोरेका चित्रमा विश्वमा शान्ति स्थापना कसरी हुन्छ भन्नेबारे स्पष्टसंग उल्लेख गरेको बताउनु भयो ।
क्लवका प्रथम उपाध्यक्ष धातानन्द भुसालको अध्यक्षता, सचिव राम शुभागे थारुको संचालन तथा लायन ओम प्रकाश घिमिरेको संयोजकत्वत्वमा सम्पन्न भएको प्रतियोगितामा लायन राम बहादुर पौडेल क्षेत्रीले निर्णायकको भूमिका निर्वाहा गर्नु भएको थियो ।
कार्यक्रममा क्लवका प्रो नवदत्त घिमिरे, टेमर शान्तराज गैरे, शिक्षक राजमणी बस्याल, राम प्रसाद भुसाल, दिनामणी खनाल लगायतको सहभागिता थियो ।







प्रतिक्रिया