८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

स्थानीय तहमा तीन सय ९६ अस्पताल बनाउन झण्डै ५८ अर्ब पठाइने



काठमाडौं ।

स्थानीय तहमा तीन सय ९६ वटा अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अर्थ मन्त्रालयले सहमति दिएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय भइसकेको बताए ।

ती अस्पताल दुई वर्षभित्र निर्माण गरिसक्नुपर्छ । यो बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश भएर स्थानीय तहमा सशर्त अनुदानको रुपमा जानेछ ।

अर्थले स्थानीय तहमा अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ । अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिना अघि बसेको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार मंसिर १५ गते भवन निर्माण शिलान्यास गर्ने तय भएको थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७ शुक्रबार ००:००  ६ : १३ बजे