१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

महासंघ निर्वाचन : मतदान सकियो, मतगणना शुरु



मायादेवी अनलाइन, काठमाण्डौं ।
नेपाल उद्योग वाणिज्य महासंघको काठमाण्र्डौमा जारी ५४ औं साधारण सभा तथा निवार्चनको मतदान सकिएको छ । विहान ८ बजेदेखि शुरु भएको मतदान साँझ ४ बजेसम्म सकिएको छ ।

निर्वाचन समितिका अनुसार शत प्रतिशत मतदान भएको छ । निर्वाचनमा जिल्ला नगर, बस्तुगत तथा एशोसियट्स तर्फका सवै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केसरी न्यौपानेले मायादेवी अनलाइनलाई बताउनुभयो । निर्वाचनमा २ वटा प्यानल बनाएर बरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु निर्वाचनमा होमिएका थिए ।

किशोर कुमार प्रधान समूह र चन्द्र प्रसाद ढकालको नेतृत्वमा २ छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका थिए । दुवै समूहले आफुलाई चुनाव जित्ने दावीका साथ प्रधान र ढकालबीच चुनावी प्रतिस्पर्धा कडा देखिएको छ । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा दुवै प्यानलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएपछि चुनाव जित्ने आ आफनै अडकलबाजी गरिएको छ ।

शेखर गोल्छा समूहका तर्फबाट किशोर कुमार प्रधान बरिष्ठ उपाध्यक्ष र पूर्व अध्यक्ष चण्डी प्रसाद ढकालको समर्थन रहेको चन्द्र प्रसाद ढकालले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । ३ वर्षे कार्यकाल रहेको महासंघको नयाँ कार्यसमिति चयनका लागि काठमाण्डौका ३ स्थानबाट मतदान गरिएको थियो । महासंघको केन्द्रिय कार्यालय टेकु, कार्की व्याक्वेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान भएको हो ।

अहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा मतगणना शुरु भएको निर्वाचन समितिले जनाएको छ । कपिलवस्तुबाट केन्द्रिय कार्यसमितिमा उम्मेदवारी दिनुभएका जिल्ला नगर खुला तर्फ यज्ञ प्रसाद भट्टराई र प्रदेश तर्फ जमसेद अली मियाँ दुवैले चुनाव जित्ने प्रबल सम्भावना देखिएको छ । केन्द्र मा कपिलवस्तुका दुवै जना भट्टराई र मियाँको राम्रो प्रभाव, लोकप्रिय र अनुभवी भएकाले चुनाव जित्ने आंकलन गरिएको संघका सदस्य डोलकराम घिमिरेले जानकारी दिनुभयो । निर्वाचनको नतिजा आजै राती सम्म आइसक्ने गरी मतगणना शुरु गरिएको मतगणना प्रतिनिधी तथा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  ६ : ३२ बजे