१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

महासंघमा निर्वाचित भए लगत्तै मियाले दिए मतदातालाई धन्यबाद !



मायादेवी अनलाइन, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि कपिलवस्तुका ब्यवसायी जमसेद अलि मियाले मतदातालाई आभार दिनु भएको छ । शनिबार भएको निर्वाचनमा मियाले प्रदेश तर्फबाट केन्द्रिय सदस्यमा जित हासिल गर्नासाथ सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उहाँले मतदातालाई धन्यबाद दिनु भएको हो ।

उहाँले लेख्नु भएको छ, “नेपाल उधोग बाणिज्य महासंघको ५४अ‍ौ बार्षिक साधरण सभा एवं राष्टिय महाधिवेशनबाट मलाई लुम्बिनी परदेशको तर्फबाट केन्दिय सदस्य पदमा आफ्नो अमुल्य मत दिई बिजय गराउनुभएकामा सबैमा हार्दिक नमन एवं धन्यवाद ।” लुम्बिनी प्रदेशमा एक जनाका लागि ३ जनाको उम्मेद्वारी परेको थियो । अटल सिमेन्टका अध्यक्ष समेत रहनु भएका उहाँले १० मत पाउँदै उहाँ विजयी बन्नु भएको थियो । उहाँको जितमा जम्मा १ मतको अन्तर थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  ७ : २२ बजे