१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

३ सय बढी विपन्न घरपरिवारलाई बुद्धभूमिले सिरक बाड्यो



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तीन सय बढी विपन्न तथा गरिब घरपरिवारलाई न्यानो कपडा स्वरुप सिरक वितरण गरेको छ ।

बढ्दो शितलहरको कारण विपन्न तथा गरिब घरपरिवार प्रभावित भएको भन्दै बुद्धभूमिले उक्त सिरक बाँडेको हो ।

नगरको बार्षिक बजेटमै यो कार्यक्रम राखेर नगरका १० वटै वडामा सिरक वितरण गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गत बर्ष पनि शीतलहरको बेला सिरक बाँडेर चर्चा कमाएको बुद्धभूमिले यो बर्षपनि उक्त कार्यक्रमलाई निरन्तरता दिएर राम्रो काम गरेको भन्दै सरोकारवालाले नगरको प्रशंसा गरेका छन् ।
यो जाडोमा विपन्न तथा गरिब बर्गका लागि राहत स्वरुप सिरक वितरण गरिएको भन्दै अर्को बर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

यता वडा नं. ४ मा एकल महिला र बिपन्न ३० घरपरिवार र अपाङ्ग १० जना गरी ४० परिवारलाई सिरक बाडिएको वडाध्यक्ष पवनकुमार थारुले जानकारी दिनुभयो ।

नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप–प्रमुख मिरा थारु लगायतको उपस्थितिमा वडाभित्रका ४० घरपरिवारलाई सिरक वितरण गरिएको नगर प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष थारुले बताउनुभयो ।

प्रकाशित मिति : १८ माघ २०७७ आइतबार ००:००  ८ : २८ बजे