नेप्से २९.५५ अंकले वृद्धि, झण्डै १७ अर्ब कारोबार


काठमाडौं ।
नेप्सेमा आज १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रूपैयाँको कारोबार भएको छ । आज नेप्से २९.५५ अंकले बढ्दै २८५६.६७ विन्दुमा रोकिएको छ । यो अंक हालसम्मकै उच्च हो ।

बुधबार नेप्से परिसूचकमा ५५.७६ अंकको वृद्धि भएको थियो । आज मन्जुश्री फाइनान्स र महिला लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी गुँरास फाइनान्स लिमिटेड कम्पनीको सेयर ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज व्यापार, निर्जीवन बीमा, हाइड्रोपावर तथा अन्य समूहबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस