नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, कतिको भयो कारोबार ?


काठमाडौं ।
नेप्से परिसूचक आज ५०.१३ अंकले बढ्दै २९०६.८९ विन्दुमा पुगेको छ । यो अंक अहिलेसम्कै उच्च हो । यसअघि सबैभन्दा बढी गत बिहीबार नेप्से परिसूचक २९ अंकले बढ्दै २८५६ं.६७ विन्दुमा रोकिएको थियो ।

आज ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ताको किनबेचमा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज भएको कारोबार पनि अहिलेसम्मकै बढी हो । यसअघि २०७८ जेठ १६ गते १७ अर्ब २ करोड ८४ लाखको करोबार भएको थियो ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर १ अर्ब २१ करोड रूपैयाँको कारोबार भयो । यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड रूपैयाँको कारोबार भयो । आज महिला लघुवित्तको शेयर सबैभन्दा झण्डै १० प्रतिशतले बढेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस