४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो



काठमाण्डौ ।

सुनको भाउ आज पनि बढेको छ । लगातार चारदेखि सुनको भाउ बढिरहेको छ । हिजो तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको पनि भाउ आज बढेको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  १२ : २३ बजे