शेयर बजारमा हरियाली, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट


काठमाण्डौ ।

हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली देखिएको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेपछि आज आइतवार नेप्से ७१ दशमलव ४३ अङ्कले उकालो लागेर दुई हजार नौ सय ४७ दशमलव ४२ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर २४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर दुई सय ७३ अङ्कले, व्यापारको ४२, जलविद्युतको दुई सय १३, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९७ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २४ अङ्कले, उत्पादनको दुई सय ९९ र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ । आज १० कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ । आज दुई सय ३१ कम्पनीका एक करोड १७ लाख कित्ता शेयर नौ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस