सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो


काठमाण्डौ ।

सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदीको भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस