८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं ।
बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

असोज लागेपछि पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  १२ : ४४ बजे