८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो, कारोबार रकम ४ अर्ब रुपैयाँ पनि पुगेन



काठमाण्डौ ।

शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । नेप्से आज सात दशमलव नौ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ४३ विन्दुमा पुगेको छ । आज बैंकिङ, व्यापार, होटल, जलविद्युत्, निर्जीवन बीमा, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर बढेको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने घटेको छ ।

आज दुई सय २५ कम्पनीका ७५ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । आज मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कर्णाली विकास बैंक र रिलायन्स फाइनान्सको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८ सोमबार ००:००  ३ : ४४ बजे