८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुको बैरीयामा खुल्यो ‘ओल्ड कक अर्गानिक रेस्ट्रो एण्ड बार’, लगानी १ करोड ७५ लाख



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाको बैरियामा १ करोड ७५ लाख बराबरको लगानीमा ‘ओल्ड कक अर्गानिक रेस्ट्रो एण्ड बार’ सञ्चालनमा आएको छ ।

११ महिनाको निर्माण कार्य पश्चात पूर्व पश्चिम राजमार्गमा अवस्थित ओल्ड कक अर्गानिक रेस्ट्रो एण्ड बार बैरियाबाट सञ्चालनमा आएको हो ।

स्थानीय स्तरमा उत्पादित परिकारलाई प्रमुख प्राथमिकता दिई सञ्चालनमा ल्याइएको रेस्ट्रो एण्ड बारमा सस्तो र सुलभ ढंगले सेवा प्रदान गरिने सञ्चालक बताउँछन् ।

मंगलबार रेस्ट्रो एण्ड बारमा पत्रकार भेटघाट कार्यक्रम गरी होटलका सञ्चालक रमेशचन्द्र भुसालले स्थानीय स्तरमा उत्पादित कोदो, फापर लगायतका परिकारका प्राथमिकता दिई रेष्टु एण्ड बार सञ्चालन गरिएको बताए । हाइजनिक परिकारको परिक्षण गरेर मात्र ग्राहकसम्म पठाउने व्यवस्था मिलाइएको बताउँदै भुसालले आफुहरुले तीन सय बढीलाई एकै पटक सेवा दिन सक्ने बताए ।

१७ जना कर्मचारी राखेर रेष्टु एण्ड बार सञ्चालनमा ल्याइएको उनले बताए । कोरोनाको कारण विदेश जान नपाएका थ्री स्टार, फाइभ स्टार होटलका कुकले यहाँबाट सेवा दिने उनले जनाए । कोरोना कहरले रोजगार गुमाएकालाई आफुहरुले रोजगारको अवसर पनि सिर्जना गरेको उनको भनाई छ ।

पारिवारिक रेस्ट्रो एण्ड बार बनाउने कोशिस गरेको भन्दै एक पटक सेवा लिन आउन सबैमा उनको आग्रह छ । होटल निर्माणमा उच्च आधुनिक प्रविधिको जडान गरिएको छ । स्वागत गेट ‘अटोमेटिक’ खोल्ने देखि ग्राहकले सेवा लिने ठाउँलाई धुमपानरहित बनाइएको छ ।

कोरोना कहरका बीचमा होटल सञ्चालन गर्नुपरेको पनि होटक सञ्चालकले बाध्यता सुनाए । स्थानीय स्तरमा बनेका परिकारले बजार नपाउने समस्यालाई आफुहरुले समाधानको कोशिस होटल मार्फत गर्न थालेको सञ्चालक बताउँछन् । कपिलवस्तु पर्यटकीय गन्तव्यकोस्थल बन्दै गरेको भन्दै सुविधासम्पन्न होटलको आवश्यकता ठानेर करोडौं लगानी यसमा लगाएको भुसालको भनाई छ ।

नजिकैको जिल्ला रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै यसले पर्यटकलाई आकर्षित गर्ने उनको विश्वास छ । पर्यटकलाई नै मध्यनजर गरी होटलमा लगानी गरेको उनले जनाए ।

होटलमा तीन जनाको संयुक्त लगानी छ । सञ्चालक मध्येका एक भुसाल स्वयम क्याम्पसका उप-प्रध्यापक हुन् । उनले सिद्धार्थ क्याम्पसमा अध्यापन गराउँछन् भने, अर्का सञ्चालक मनोज कुमार खत्री पनि शैक्षिक व्यक्तित्व हुन् । यस क्षेत्रका विजनेश म्यानका रुपमा चिनिने सुवाश पाण्डेको पनि यो रेस्ट्रो एण्ड बारमा लगानी छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९ मंगलबार ००:००  ७ : ४५ बजे