१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृषि मन्त्रालयले बढायो किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य



काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ । अहिले देशैभर धान रोपाइँ चलिरहेको छ ।

यो बर्ष देखि किसानले धानको न्यूनतम मूल्य बढी पाउने भएका हुन् । गत वर्ष सरकारले ढिला गरी १६ कात्तिकमा धानको सर्मथन मूल्य तोकेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले आफ्नो कार्यभार सम्हाले लगत्तै धानको समर्थन मूल्य चाँडै तोक्ने गरी काम अगाडी बढाउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

२६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो ।

नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ ।

गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।

प्रकाशित मिति : २९ असार २०८० शुक्रबार ००:००  ३ : ५२ बजे