१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी



ढाका ।
बंगलादेशमा ११ हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् ।

शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

डेङ्गुबाट गत बुधबार र शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ । एकै दिन भएको मृत्युको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । हालसम्म एक सय जनाको मृत्यु भएको छ ।

गत मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो ।

हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय ५४ पुगेको तथा एक सय जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेङ्गु सङ्क्रमितमध्ये १२ हजार पाँच सय १९ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

यो महिनामा मात्रै थप आठ हजार तीन सय १६ जना डेङ्गुका नयाँ सङ्क्रमित फेला परेका तथा ५४ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।
रासस

प्रकाशित मिति : ३१ असार २०८० आइतबार ००:००  ५ : २७ बजे