८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

कम्बोडिया गए ओली, पोखरेल र नेम्वाङलाई कार्यवाहक जिम्मेवारी



काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्।

उनको सचिवालयका अनुसार मंगलबार राति भ्रमण टोलीसहित अध्यक्ष ओली कम्बोडिया गएका हुन्।

कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि उनी त्यसतर्फ लागेका हुन्। भ्रमण दलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन्।

यसैबीच आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका छन्।

पोखरेललाई अध्यक्ष र नेम्वाङलाई संसदीय दलको नेताको कार्यवाहक जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति : ३ श्रावण २०८० बुधबार ००:००  ८ : १० बजे