७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

शिवचन्द्र कुश्वाहा जनमत पार्टीबाट निष्काशित



काठमाडौं।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिरुद्द उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन् ।

उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार भएका कुश्वाहा अनुशासनको कारबाहीमा परेका हुन् । उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन बिभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार कुश्वाहालाई पार्टी बिरोधी गतिबिधि तथा नेतृत्वको बिरोधमा बिभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ बर्षका लागि निलम्बनमा राखिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८० बिहिबार ००:००  ११ : ०२ बजे