१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सोमबारको लुम्बिनी प्रदेश सभा बैठक स्थगित



बुटवल ।
सोमबारका लागि आह्वान भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको साउन ८ गतेका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी स्थगित गरिएको हो ।

सोमबारको बैठक सूचना प्रकाशन गरी स्थगित गरिएको र मंगलबार दिउँसो १ बजेका लागिआह्वान गरिएको पुनले बताए । यसअघिको बैठकमा निजामति कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था संचालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।

निजामती कर्मचारीसम्बन्धी विधेयक विषयगत समितिमा छलफल हुने भए पनि स्वास्थ्यसम्बन्धी विधेयक सोमबारको बैठकमा छलफल गर्ने तयारी थियो । मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल अघि बढ्ने सम्भावना रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८० सोमबार ००:००  ९ : २५ बजे