११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण



धनुषा ।
नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आज आइतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गर्नुभएको हो ।

एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाउनुभयो । उहाँले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरूले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको बताउनुभयो । नेता चौधरीले मधेसको आन्दोलनका लागि लड्दा आफू साढे आठ वर्षसम्म जेलमा बस्नुपरेको दाबी पनि गर्नुभयो ।

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८० आइतबार ००:००  ४ : ४३ बजे