१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अफ्रिकी देश मालीमा भोकमरी र कुपोषण तीव्र



काठमाडौँ ।
अफ्रिकी देश मालीमा भोकमरी र कुपोषण तीव्र बनेको छ ।

अहिले कम्तीमा २ लाख जना मानिस भोकमरीको अवस्थामा रहेका चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।

जीवन बचाउने सहायता विना यस वर्षको डिसेम्बरसम्म मालीमा ५ वर्ष मुनिका झण्डै १० लाख बालबालिकाले तीव्र कुपोषणको सामना गर्नुपर्ने खबरमा उल्लेख छ ।

लामो सशस्त्र द्वन्द्व, आन्तरिक विस्थापन र प्रतिबन्धका कारण बालबालिकाको जीवन निकै कष्टकर अवस्थामा रहेको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका मुख्य प्रवक्ता स्टेफेन डुजारिकले बताउनुभएको छ ।

मालीमा स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षा सेवाका साथै सुरक्षित पानीको पहुँचलगायत मानवीय सहायताको तत्काल आवश्यकता रहेको युनिसेफले जनाएको छ ।

युनिसेफले यो वर्ष मालीमा ८८ लाख जनामा सहायता पुर्‍याउन १८ करोड अमेरिकी डलर भन्दा धेरैको खाँचो रहेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : १६ भाद्र २०८० शनिबार ००:००  २ : ५२ बजे