१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शंकर पोखरेलले भने– म र विष्णु पौडेल मिलेर पार्टी बलियो बनाउँछौँ



बुटवल ।
नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन आज रुपन्देहीको बुटवलमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका छन् ।

लुम्बिनीका दुई शीर्ष नेता उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच प्रदेशको नेतृत्वमा आफूनिकटका व्यक्ति ल्याउन प्रतिस्पर्धा भइरहेको चर्चा छ । तर, महासचिव पोखरेलले भने त्यसको खण्डन गरेका छन् । उनले आफू र पौडेलबीच कुनै विवाद नभएको भन्दै मिलेर पार्टी बलियो बनाउने बताएका छन् ।

उनले भने, ‘एमालेभित्रको विवाद देखाएर केही दलका व्यक्तिहरू र केही मिडियाका व्यक्तिहरू खेल्न खोजेका छन् । एमाले एक बनाउन विष्णु पौडेल र शंकर पोखरेलको एकता कहिले टुट्न दिने छैनौँ ।’ उनले मिलेर लुम्बिनीले देशभर एक सन्देश दिनेसमेत बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्र्रचण्डले एमालेमा पहिरो जाने बताएको प्रसंग कोट्याउँदै एमालेमा नभई माओवादीमा पहिरो जान लागेको टिप्पणी गरे । उनले अहिले अरु पार्टी छाडेर एमालेमा प्रवेश गर्नेहरूको लहर आएको समेत बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८० शनिबार ००:००  ३ : ४३ बजे