१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जुम्लाबाट मुगु जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु



मायादेवी अनलाइन,जुम्ला ।

जुम्लाकाे नाग्म-गमगडी राजमार्ग अन्तर्गत कनकासुन्दरी-४ ठगुनेरामा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।

जुम्लाकाे गुठीज्युलाबाट मुगुका लागि छुटेकाे भे १ ज १०९९ नम्बरको जीप आज बिहान दुर्घटना हुँदा चालक र सहचालककाे ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेहरुकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयाे । 

दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे उहाँले बताउनु भयाे । 

प्रकाशित मिति : १७ भाद्र २०८० आइतबार ००:००  १० : ४२ बजे