१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काठमाडौँमा सडक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, १४ जना घाइते



काठमाडौँ ।
काठमाडौँको पेप्सीकोलामा बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १४ जना घाइते छन् ।

बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प ५३ ११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस तीव्र गतिमा थियो । अन्य गाडीलाई ठक्कर दिएपछि बस पनि पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक सर्लाहीका अन्दाजी २१ वर्षका राज भट्टराई र स्कुटरको पछाडि बस्ने अन्दाजी २५ वर्षकी उषा थापाको ज्यान गएको हो ।

प्रहरीकाअनुसार उनीहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । घाइते १४ जनामध्ये सात जनाको पेप्सिकोलामा रहेको मदरल्यान्डमा उपचार भइरहेको छ भने अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८० आइतबार ००:००  ११ : ३७ बजे