११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

सुपारी–केराउ आयात गर्न अर्थ मन्त्रालयले दियो राय



काठमाडौँ ।
परिमाणात्मक बन्देज लगाएका वस्तुहरूमा चालु आर्थिक वर्षको लागि आयात प्रक्रिया सुरु गर्न लागिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बन्देज लगाइएको वस्तुहरू चालु आर्थिक वर्षमा समेत आयात गराउने बाटो खोल्न लागेको हो।

सुपारी, केराउ, मरिच र छोकडाको दुई वर्षदेखि कार्यविधि बनाएर उत्पादनमूलक उद्योगलाई मात्रै आयत गर्ने दिइने व्यवस्था गरिएको थियो।

यो वर्षको लागि पनि सुपारी, केराउ, मरिच, छोकडाको आयत प्रक्रिया सुरु गराउन उद्योग मन्त्रालयले अर्थमन्त्रालयको राय माग गरेको थियो।

जसमा गत आर्थिक वर्षकै प्रक्रियाबाट आयत गर्न अर्थमन्त्रालयले राय प्रदान गरेको छ।

अर्थमन्त्रालयका एक अधिकारीका अनुसार उद्योग मन्त्रालयले चालु आर्थिक वर्षको लागि राय माग गरेको थियो। त्यसमा अर्थमन्त्रालयले जवाफ पठाइसकेको छ।

उनी भन्छन्, ‘उद्योग मन्त्रालयले बनाएको कार्यविधि अनुसार नै चालु आर्थिक वर्षमा समेत आयत प्रदान गर्न भनिएको छ।’

२०७८ फागुनमा उद्योग मन्त्रालयले बनाइको कार्यविधि मन्त्रिपरिषद् पास गरेर राजपत्रमा समेत प्रकाशित भएको थियो। कार्यविधि अनुसार नै आयत गर्न दिइने वा फरक तरिकाबाट समेत आयत गर्न सकिने भन्ने विषयको राय माग गरिएको थियो। त्यसमा अर्थमन्त्रालयले कार्यविधि अनुसार अघि बढ्न भनेको हो।

कार्यविधि अनुसार उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैं आयात गर्न सक्ने व्यवस्था छ। त्यसमा ट्रेडिङ कम्पनीलाई आयतमा बन्देज गरिएको छ। उद्योग विभागको सिफरिसमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमति प्रदान गर्ने बताइएको छ।

२०७६ चैतमा यी वस्तुको आयात नै बन्द गरिएको थियो। तर फेरि पछि सरकारले परिमाणात्मक रुपमा खुला गर्ने निर्णय गरेको थियो। त्यसमा टे«डिङ र उद्योग दुबैलाई कोटा वितरण गरेको थियो।

कार्यविधिमा भने उद्योगले आफैं खपत गर्न सक्ने परिमाण मात्रै आयात गर्न पाउने उल्लेख छ।

कार्यविधिमा भनिएको छ, ‘नेपालमा सुपारी, केराउ, मरिच, छोकडाजस्ता कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगलाई मात्रै आयात गर्न दिइने छ।’

प्रकाशित मिति : २० भाद्र २०८० बुधबार ००:००  ६ : ४४ बजे