१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित



काठमाडौँ ।
एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । पाकिस्तानको लाहोरमा बुधबार भएको खेलमा बंगलादेश सात विकेटले पराजित भएको हो ।

बंगलादेशले दिएको १९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेटायो । पाकिस्तानका लागि ओपनर ब्याट्सम्यान इमाम उल हकले ७८ रनको योगदान गरे । यस्तै मोहम्मद रिजवानले अवजित ६३, अघा सलमान १२, फाखर जामन २०र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।

बंगलादेशका लागि तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १९१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान सकिब अल हसनले ५३ रन बनाए । उनले ५७ बलको सामना गरी सात चौका पनि प्रहार गरेका थिए । त्यस्तै मुसफिकर रहिमले पनि टोलीको खातामा ६४ रन थपे । ओपनर ब्याट्सम्यान मोहम्मद नइम २० रन बनाउँदै पेभेलियन फर्किए । लिटन दासले १६ रन बनाए भने समिम होसैनले पनि १६ रन नै बटुलेका थिए ।

पाकिस्तानीका लागि बलर ह्यारिस रउफले चार, नसिम शाहले पनि तीन, साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले एक—एक विकेट लिए ।

प्रकाशित मिति : २१ भाद्र २०८० बिहिबार ००:००  ६ : १५ बजे