१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनीमा निजामती कर्मचारी विधेयक पारित



दाङ।
लुम्बिनी प्रदेश सभाले निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरेको छ ।

प्रदेश सभाको शुक्रबार बसेको बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख तुलाराम घर्तीले सर्वसम्मत रुपमा विधेयक पारित जानकारी दिए ।

गत असार २२ दर्ता भएको निजामती विधेयकमा प्रदेशसभाले दफावार छलफल गर्न प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विधेयकमाथि छलफल र सुझाव संकलन गरेको थियो। सुझावको आधारमा तयार पारिएको प्रतिवेदन बिहीबार बसेको बैठकमा पेश गरिएको थियो ।

विधेयक पारित भएसङ्गै हाल प्रदेशमा देखिँदै आएको निजामती कर्मचारीको समस्या समाधान हुने प्रदेश सरकारको अपेक्षा छ ।

प्रकाशित मिति : २३ भाद्र २०८० शनिबार ००:००  ५ : ३२ बजे