१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतीय प्रधानमन्त्री मोदीले बनाए नयाँ रेकर्ड



काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा ‘नयाँ रेकर्ड’ कायम भएको छ । भारतीय मिडियाहरूका अनुसार, अमेरिकाका तीन राष्ट्रपतिलाई स्वागत गर्ने मोदी भारतका एक्ला प्रधानमन्त्री बनेका हुन् ।

हिजो दिल्लीमा उनले अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनलाई स्वागत गरे । जी २० सम्मेलनमा भाग लिन बाइडेनले भारत टेकेसँगै मोदीको नाममा नयाँ रेकर्ड बनेको हो । सन् २०१५ मा बराक ओबामा, २०२० मा डोनाल्ड ट्रम्प र अहिले जो बाइडेन भारत आउँदा प्रधानमन्त्रीका रूपमा मोदीले नै स्वागत गरेका हुन् ।

राष्ट्रपतिका रूपमा बाइडेन पहिलोपल्ट भारत भ्रमणमा पुगेका हुन् । भारत भ्रमण गर्ने उनी आठौं राष्ट्रपति हुन् । स्वतन्त्रतापछि भारतमा ७ अमेरिकी राष्ट्रपति आइसकेका छन् । बिल क्लिन्टनभन्दा अगाडिका सबै राष्ट्रपतिले भारतभन्दा बढी पाकिस्तानलाई महत्त्व दिन्थे ।

प्रकाशित मिति : २३ भाद्र २०८० शनिबार ००:००  ८ : ३५ बजे