१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उत्तर कोरियाको लागि साम्राज्यवादको अर्थ के हो ?



एजेन्सी ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले बुधबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्दा रुस र उत्तर कोरिया साम्राज्यवादविरुद्धको लडाइँमा सँधै एक हुनुपर्ने बताए ।

तर, वास्तवमै यो सन्दर्भमा साम्राज्यवादको अर्थ के होला ? बीबीसीका संवाददाता इसी गोड्साडाफका अनुसार उत्तर कोरियाका लागि साम्राज्यवादको अर्थ सँधै एउटा रहन्छ, त्यो हो अमेरिका ।

उत्तर कोरियाले अमेरिकालाई सँधै एक साम्राज्यवादी र बदमाशको रूपमा हेर्छ । उत्तर कोरियाका अनुसार अमेरिकाले विश्वलाई आणविक हतियार र तानाशाहहरूबाट मुक्त गर्ने र शान्ति बहाल गर्ने बहाना बनाएर अन्य देशहरूमा आक्रमणको प्रयास गर्छ ।

उत्तर कोरियाले दास व्यापार र कोरियाली युद्धलाई उदृत गर्दै अमेरिकाले सँधै ‘साम्राज्यवादी विदेश नीति’ पछ्याएको आरोप लगाउँछ । कोरियाली युद्धका क्रममा आफ्ना देशका २० प्रतिशत मानिसहरू मारिनुमा पनि अमेरिकको हात रहेको उत्तर कोरियाको आरोप छ ।

तर वास्तवमा, कोरियाली युद्ध तब सुरु भयो जब उत्तर कोरियालेले दक्षिण कोरियामा आक्रमण गरेको थियो । त्यसबेला सन् १९५० देखि १९५३ सम्म अमेरिका दक्षिण कोरियाको समर्थनमा उत्तर कोरियाविरुद्ध उत्रिएको थियो ।

केही समयअगाडि मात्र उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको अमेरिका विरोधी र्‍यालीमा मानिसहरूले ‘साम्राज्यवादी अमेरिका शान्तिको विनाशकारी हो’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८० बिहिबार ००:००  ८ : ०५ बजे