१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङ, बाँके र बर्दियामा आइतबार सार्वजनिक बिदा



काठमाडौँ ।
लुम्बिनी प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा ३ वटा जिल्लामा आइतबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा उक्त पर्वको अवसरमा बिदा दिइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

‘भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ,’ प्रदेश सरकारका अधिकृत माधव शर्माले बिहीवार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८० शुक्रबार ००:००  १ : ०९ बजे