१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले पार्टी होइन ओली गुट मात्र हो : घनश्याम भुसाल



सल्यान ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले पार्टी नभएर अध्यक्ष केपी शर्मा ओलीको गुटमात्र भएको आरोप लगाएका छन् ।

शुक्रबार सल्यानको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पार्टीको नीति अनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको भुसालको भनाइ छ ।

‘एमाले ओली रूचाउनेहरूको झुन्डमात्र हो,’ उनले भने,‘ जसका कारण संसद् विघटनदेखि नेकपा विभाजन हुँदै एमाले फुटेको हो ।’

वामपन्थी कम्युनिस्ट पार्टी एक हुनुको साटो ओलीकै कारण एमाले फुटेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८० शनिबार ००:००  ८ : २२ बजे