१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पानी नपर्दा गर्मी बढ्यो



काठमाडौँ ।
पानी नपर्दा गर्मी बढ्न थालेको छ । मनसुनकै अवधिमा रहे पनि केही समययता जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि धेरै ठाउँमा पानी परेको छैन ।

आज पनि पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

कोशी, बाग्मती र मधेस प्रदेशमा भने फाट्टफुट्ट मात्रै पानी पर्ने उहाँले बताउनुभयो । लगातारजसो घाम चर्किँदा देशभर फेरि अधिकतम तापक्रम बढ्न थालेको छ ।

काठमाडौँको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्न थालेको छ । यस्तै, जनकपुर, धनगढी र भैरहवाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस छ ।

यसैबीच, यसपालि मनसुनमा पनि प्रि-मनसुनको जस्तो गतिविधि देखिएको छ । मनसुनमा पनि प्रि(मनसुनको मेघगर्जनसहित चट्याङ परिरहेको छ ।

मनसुनसँगै स्थानीय वायुको प्रभाव पर्न थालेकाले मेघगर्जनसहित चट्याङ पर्न थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अझै एक/दुई दिनको मौसम यस्तै रहेने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८० आइतबार ००:००  ७ : ४९ बजे