१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सञ्जय भण्डारीद्वारा चार जनाको हत्या गरेको स्वीकार



काठमाडौँ ।
काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्विकार गरेका छन् ।

सिन्धुपाल्चोक घर भएका भण्डारीले सामूहिक हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ । उनलाई केही बेरमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो । हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् ।

उनीहरुको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८० सोमबार ००:००  ७ : ०० बजे