११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

आर्सनलको संघर्षपूर्ण जीत, चेल्सी रोकियो



लण्डन ।
आर्सनलले प्रिमियर लिगमा एभर्टनमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । आइतबार साँझ भएको खेलमा आर्सनल १–० गोलले विजयी बनेको हो ।

खेलमा लियान्ड्रो ट्रोसाडले खेलको ६९ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि आर्सनलले गुडिसन पार्कमा पछिल्ला ५ मध्ये ४ खेल गुमाएको थियो । तर, यसपटक भने टोली जीत हासिल गर्न सफल रह्यो ।

जीतपछि आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । ५ खेलबाट आर्सनलको १३ अङ्क रहेको छ । यो सिजन जीतविहीन एभर्टनको मात्र १ अङ्क रहेको छ ।

उता, चेल्सीले भने आफ्नो निराश सुरुवातलाई कायम राख्दै बोर्नेमाउथसँग गोलरहित बराबरी खेलेको छ । चेल्सीले सुरुवाती पाँच खेलमा मात्र खेल जितेको छ । टोली ५ अङ्कसहित लिगको १४ औँ स्थानमा रहेको छ । बोर्नेमाउथको ३ अङ्क रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८० सोमबार ००:००  ७ : १२ बजे