१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनशिपको सेमिफाइनलमा



काठमाडौँ ।
माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको ९यू–१९० साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १र१ गोल गरे । माल्दिभ्सका लागि आदम रशिदले गोल गरे ।

नेपाल २ खेलमा ३ अङ्कसहित समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । आजै बेलुकी साढे ५ बजे दशरथ रङ्गशालामा हुने भारत र भुटानबीचको खेलबाट समूह ‘बी’ को विजेताको टुङ्गो लाग्नेछ । नेपाल रहेको समूहबाट पाकिस्तान २ खेलमा ४ अङ्कका शीर्ष स्थानमा रहँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८० सोमबार ००:००  ४ : ३२ बजे