१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी योजना आयोग उपाध्यक्षमा खनाल



कपिलवस्तु ।

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा नियुक्त भएका कपिलवस्तुका सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले आइतबार देउखुरीमा शपथ गराएपछि खनालले पदभार ग्रहण गरेका हुन् ।लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कपिलवस्तु वाणगंगा नगरपालिका–८ निवासी खनाललाई नियुक्त गरेको थियो ।

खनालसँग शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारको पालामा नियुक्ति भएका प्रदेश योजना आयोग उपाध्यक्ष नहकुल केसीले राजीनामा दिएपछि योजना आयोग पदाधिकारीविहीन भएको थियो । सोहि समयमा खनाल लुम्बिनी योजना आयोगको सदस्य थिए । उनी नेकपा माओवादीको कोटामा उपाध्यक्ष भएका हुन् । खनाल उपाध्यक्षमा नियुक्ति भएपछी कपिलवस्तुबासी खुसी हुदै विकासले गतिलिने अपेक्षा गरेका छन् ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । उपाध्यक्ष र चार सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१ सोमबार ००:००  ७ : ४१ बजे